लम्कि जेसिजको आयोजनामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम लम्कि जेसिजका अध्यक्ष जेसि नेत्र प्रसाद जैशीको अध्यक्ष्यता तथा नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी राम बहादुर बोगटी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन भएको छ । कार्यक्रममा लम्कि जेसिजका पुर्वअध्यक्ष खडानन्द सपाकोटा जुगराम चौधरी र मोहन ढुंगाना र लम्कि जेसिज वर्ष २०२२ का सम्पुर्ण बोर्डका पदाधिकारी जेसिज सदस्य गरि ३० जनाको सहभागिता रहेको थियो ।