युवाका लागी अध्यात्म र नेतृत्व विषयक कार्यक्रम भचुर्अल माध्यमबाट सम्पन्न

2022-03-24


नवलपुर चैत १०। नवलपुर जेसीजको आयोजनामा युवाका लागी अध्यात्म र नेतृत्व विषयक कार्यक्रम भचुर्अल माध्यमबाट सम्पन्न भएको छ । नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भूसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका वर्ष २०२२ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाहि प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।

 

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ एल पि भानु शर्मा कार्यक्रमको प्रमुख वक्ता रहनुभएको थियो । एल पि भानु शर्माले युवा नेतृत्व र अध्यात्मलाई जोडेर आफ्नो भनाइहरु राख्नुभएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था जेसीजले युवा र आध्यामिक चिन्तन सम्बन्धि कार्यक्रकम गरेर नेतृत्व विकासमा मार्गदर्शक र जीवन रुपान्तराणको लागी अभिन्न मोड बन्ने बताउनु भयो । कार्यक्रममा जुमको माध्यमबाट देशभरी र विदेशबाट ४०० भन्दा बढि युवाको सहभागिता रहेको थियो।


JCI News Archive