नेपाल रेडक्रस सोसाइटी उपशाखा डुम्राहा सुनसरीको आयोजना तथा झुम्का जेसिज र साई मेडिकल झुम्काको सम्वन्वयमा शनिवार रामधुनी नगरपालिका वडा नम्बर ८ डुम्राहामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
विहान ८ बजे देखि वडा न ८ को रेडक्रस उपशाखा भवनमा सञ्चालित कार्यक्रममा आसपासका क्षेत्रबाट २२ जनाले रक्तदान गरेका छ्न । रेडक्रस सोसाइटी उपशाखा डुम्राहाका सभापती हेमराज बिष्टको अध्यक्षतामा संचालित कार्यक्रममा रामधुनी नगरपालिकाका जनप्रतिनिधिहरु वडा न ८ का वडा अध्यक्ष रुद्र ब बस्नेत, वडा न ९ का वडा अध्यक्ष घन श्याम चौधरी, वडा न ५ का वडा अध्यक्ष डेगराज फुयाल, साईमेडिकलका प्रोपाईटर दुर्गा प्रसाद फुयालको उपस्थिती रहेको थियो ।
रामधुनी नगरपालिका वडा नम्बर ८ डुम्राहामा आयोजना गरिएको रत्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको बर्ष २०२२ का झुम्का जेसिजका अध्यक्ष द्धारिका घिमिरे सुवोधले जानकारी दिए ।रत्तदान कार्यक्रममा जुनियर जेसिज झुम्काका छविरमण दाहाल र विकास अधिकारीले पहिलो पटक रगत दान गरेको थिए भने जम्मा २२ जनाले रत्तदान गरेका थिए ।
रत्तदानमा जनप्रतिनिधि, राजनितिक दलका व्यक्तित्व र सामाजिक अभियान्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
सामाजिक संघ संस्थाहरु शहर केन्द्रित भएको सन्दर्भमा ग्रामिण समुदायमा जेसिज सम्बन्धि साक्षात्कार गर्दै जेसिज सदस्यहरुलाई ग्रामिण समुदाय र ग्रामिण परिवेसमा जेसिजको उपस्थिती जनाउन गरिएको कार्यक्रम सफल भएको झुम्का जेसिजका अध्यक्ष घिमिरेले बताए ।
सन् २००६ मार्च १८ का दिन आजै तत्कालिन भादगाउँ सिनुवारी गाविस र हाल रामधुनी नगरपालिकामा झुम्का जेसिजको स्थापना भएकोले स्थापना दिवसकै अवसर पारेर सामाजिक कार्यको आयोजना गरिएको जेसिजले बताएको छ । जेसिजले सामाजिक, व्याक्तिगत , व्यावसायीक र अन्तराष्ट्रिय विकासका गतिविधिहरु मार्फत युवाहरुको क्षमता अभिवृ िदगर्ने कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।