सुरुङ्गा जेसीजले कार्यसमितिका पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा दक्ष वनाउँने उद्येश्यले एकदिवसीय लोम अफिसर तालिम सम्पन्न गरेको छ ।
सुरुङ्गा जेसीजको सभा हलमा शनिवार सम्पन्न तालिममा कार्यसमितिका २५ जना पदाधिकारीहरु लाभान्वीत भएको सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले वताएका छन् । आधुनिक र व्यवस्थित ढंगले आ–आफ्नो जिम्मेवारी पूरा गर्न कार्यसमितिका पदाधिकारीहरुका लागि तालिम फलदायी रहेको वताइएको छ । तालिम समापनसँगै सहभागी सम्पूर्ण जेसीजका पदाधिकारीहरुलाई आ–आफ्नो जिम्मेवारीको वोध भएको तालिममा सहभागी सुरुङ्गा जेसीजकी उपाध्यक्ष शुसीला वोहोराले वताएकी छन् ।
सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व रहेको तालिम कार्यक्रममा नेपाल जेसीजका मास्टर टट ट्रेनर एवम् दमक जेसीजका पूर्व अध्यक्ष गोविन्दराज कट्टेलले सहजीकरण गरेका थिए । सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष सुस्मा न्यौपाने उप्रेतीले आस्थावाचन र तालिम संयोजक राजकुमार कट्टेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहभागीका तर्फवाट सुरुङ्गा जेसीजका उपाध्यक्ष किशोर दहाल, पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, जविन तिम्सिना लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका छन् । औपचारीक कार्यक्रमको संचालन सुरुङ्गा जेसीजका महासचिव प्रविन तिम्सिनाले गरेका थिए ।