मार्च महिनाको २५ तारिखका दिन धुलाबारी जेसीज द्वारा साखाका पदाधिकारी तथा धुलाबारी जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कुमार सिह सावा (लिम्बु) बिचा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ |
इलामको पर्यटन श्रेत्र श्री अन्तुमा आयोजना गैरिएको उक्त स्वागत तथा अन्तरक्रिया कार्यक्रमको सयोजन धुलाबारी जेसीजका उपाध्यक्ष जेसी मजिल रसाईलीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता जेसी रबिन्द्र पाठक ज्यूले गर्नुभएको थियो | अर्जुनधारा जेसीजका अध्यक्ष जेसी भिम बहादुर कुवर, चारआली जेसीजका अध्यक्ष जेसी बिर बहादुर बेघा, धुलाबारी जेसीजका बर्ष २०२० का अध्यक्ष जेसी सागर खनाल, धुलाबारी जेसीजका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय उपाध्यक्ष जेसी राजिब प्रसाई लगायतको बिसेस उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा धुलाबारी जेसीजका उपाध्यक्ष, कार्य्ककारिणी उपाध्यक्ष, कोषाध्यक्ष तथा महासचिव ज्यूहरुले आ-आफ्नो रिपोर्ट हरु समेत कार्यक्रममा पेस गर्नुभएको थियो | कार्यक्रम सचालन धुलाबारी जेसीजका महासचिव जेसी योगेश राजबशी ज्यूले गर्नुभएको थियो |