दुर्गम गाउँपालिकामा म्याग्दी जेसीजको हाजिरी जवाफ प्रतियोगिता

2022-03-26


म्याग्दी जिल्लाको दुर्गम गाउँपालिका धवलागिरी गाउँपालिकामा मिति २०७८ चैत्र ११ गते तदनुसार २५, मार्च ,२०२२ गतेका दिन म्याग्दी जेसीजको आयोजनामा धौलागिरी गाँपा स्तरीय अन्तर मावि गणेश घर्ती स्मृति हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षता, धवलागिरी गा.पा. उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा चन्द्रज्योति माविले प्रथम स्थान हासिल गर्दै ट्रफी, प्रमाण पत्र र नगद रु १०,००० प्राप्त गरेको थियो । त्यसै गरी द्वितीय धनजन्ता मावि ट्रफी , प्रमाण पत्र र नगद रु।७,०००, तृतीय श्री ताकम मावि ट्रफी , प्रमाण पत्र र नगद रु ४,००० पुरस्कार प्राप्त गरेका थिए । धवलागिरी गा.पा.को सहयोग, ताकम मा.वि.को सह आयोजनामा भएको कार्यक्रममा ३०० जना भन्दा धेरैको सहभागीता रहेको थियो ।

JCI News Archive