देवघाटधाम जेसीज(प्र)२०२२ ले मंगलबार जूम अनलाइन माद्यमबाट संसदीय बैठक प्रणालीसम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।

2022-03-27

८,चैत २०७८, देवघाट ।

देवघाटधाम जेसीज(प्र)२०२२ ले मंगलबार जूम अनलाइन माद्यमबाट संसदीय बैठक प्रणालीसम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।

देवघाटधाम जेसीज(प्र)बर्ष २०२२का संस्थापक अध्यक्ष जेसी विकास सापकोटाको अध्यक्षता एवम् मातृशाखा गीतानगर जेसीज बर्ष २०२२का अध्यक्ष

जेसी अनुप कोइरालाको प्रमुख आतिथ्यतामा  र छिमेकि शाखा गैडाकोट जेसीज बर्ष २०२२का अध्यक्ष  जेसी  शंकर अधिकारी को विशेष आतिथ्यतामा

तालिम सम्पन्न भएको हो । जूम अनलाइन माद्यमबाट संसदीय बैठक प्रणालीसम्बन्धी एक दिने तालिममा देवघाटधाम जेसीज(प्र)का पदाधिकारी र 

सदस्यहरुको सहभागिता रहेको थियो  ।  उक्त तालिम देवघाटधाम जेसीज(प्र)बर्ष २०२२का संस्थापक अध्यक्ष जेसी विकास सापकोटाको ले सहभागीहरुलाई  

प्रदान गरनु भएको थिए । तालिममा बैठक, बैठकका प्रकार, असल बैठकका विशेषताहरु, बैठकको कार्यविधि, बैठक सञ्चालन प्रक्रिया, प्रस्तावहरु, निर्णय 

प्रक्रिया लगायतका विषयबारे सैद्धान्तिक तथा प्रयोगात्मक सत्रहरु सञ्चालन गरिएको थियो।

तालिमको उद्घाटन प्रमुख अतिथि मातृशाखा गीतानगर जेसीज बर्ष २०२२का अध्यक्ष जेसी अनुप कोइरालाले गर्नु भएको थिए । कार्यक्रममा प्रमुख अतिथि जेसी अनुप कोइराला, 

छिमेकि शाखा गैडाकोट जेसीज बर्ष २०२२का अध्यक्ष  जेसी  शंकर अधिकारी लगायतले मन्तव्य व्यक्त राख्नुभएको थियो ।

देवघाटधाम जेसीज(प्र)२०२२अध्यक्षका प्रमुख कार्यकारी सहायक जेसी अर्जुन शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।


JCI News Archive