मुलुकको समृद्धिका लागि सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल जेसीजको हालै वसेको वोर्ड वैठकले सुरुङ्गा जेसीजलाई फेव्रुअरी महिनामा ‘एरीया ए’ को उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको छ ।
सुरुङ्गा जेसीजले युवाहरुको व्यक्तित्व एवम् नेतृत्व विकासका साथै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौड्यालले ‘जेसीज अफ द मन्थ फेवु्रअरी २०१९ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा गरेका हुन् ।
नेपाल जेसीजको सचिवालयमा वसेको वोर्ड वैठकको निर्णय अनुसार राष्ट्रिय अध्यक्ष पौड्यालले उक्त घोषणा गरेको सुरुङ्गा जेसीज वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलले वताएका छन् । ।
क्षेत्र ‘क’ का लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि रोविन पोखरेल, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि ईनु थापा लगायतले सुरुङ्गा जेसीज उत्कृष्ट भई जेसीज अफ द मन्थ फेवु्रअरी अवार्ड प्राप्त गर्न सफल भएकोमा बधाई ज्ञापन गरेका छन् ।
सुरुङ्गा जेसीजको यो सफलताप्रति आफ्नो कार्यसमितिका सम्पूर्ण पदाधिकारी साथै पुर्व अध्यक्षहरुलाई समेत वर्तमान अध्यक्ष कट्टेलले धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यका साथ क्रियाशील रहन कार्यसमितिका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।