वीरता लेडी जेसीज, वीरता जेसीज, र बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा होली मिलन कार्यक्रम गरिएको छ ।
कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि नखेलिएको होली यस पटक तीन वटा संस्थाले एकैठाउँमा होली मनाइएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरिया, वीरताजेसीजका अध्यक्ष प्रविण खड्का , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको संयुक्त अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
वीरताजेसीजका अध्यक्ष प्रविण खड्काले स्वागत गरेको कार्यक्रममा वीरता जेसीजका दिवाकर प्रसाईंले आस्था वाचन गरेका थिए भने वीरता लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष झुमा भट्टराई चुडालले जेसीआई मिसनभिजन वाचन गरेकी थिइन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि वस्नेतले होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएकाले त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा
वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल, विनोद वस्नेतलगायतले शुभकामना दिएका थिए । एकआपसमा रंग दलेर खुशीयाली साटासाट गरेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।