JCI BIRATA LADY'S 2 DAYS SKILL DEVELOPMENT PROGRAM (19th & 20th March, 2022)

2022-03-27

वीरता लेडी जेसीजद्वारा अर्गानिक धूप बाती बनाउने तालिम

वीरता लेडी जेसीजको आयोजनामा बिर्तामोड वडा न ७ मा रहेको एकीकृत नमूना बस्तीका २० महिलालाई अर्गानिक कपुर बाती बनाउने तालिम प्रदान गरिएको छ ।

दिगो विकासका लक्ष्य भन्ने नेपाल जेसीजको थिम अन्तर्गत एकीकृत नमूना बस्तीका महिलालाई सिप सिकाएर स्वरोजगार बनाउने उद्धेश्यले तालिमको आयोजना गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको दुई दिवसिय तालिममा एकीकृत नमूना बस्तीमा बसोबास गर्ने २० जना महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई शान्ता थापाले तालिम दिएकी थिइन् । वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष पूजा काफ्ले खरेलले स्वागत गरेकी थिइन् ।

जनसम्पर्क अधिकारी दिपा शिवाकोटीले आस्था वाचन गरेको कार्यक्रममा तालिम संयोजक श्रेयसी चौधरीले जेसीआई मिसनभिजन वाचन गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाई, बिर्तामोड नगरपालिकाकी लघुउद्यम तर्फकी कर्मचारी चनीमाया तामाङ, टोलविकास संस्थाका अध्यक्ष शंकर चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।


JCI News Archive