"राउत बचाउ अभियान"

2022-03-28

दुई बर्षदेखि आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्यु कुरेर बस्नुभएका झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३२ बर्षिय सुवास राउत लाई घर फिर्ता लेउन सुरुङ्गा जेसिजले नगद सहयोग गरेको छ।
उनी सगै बस्ने साथी खोटाङ्ग ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या अभियोगमा सुवास दुई बर्षदेखि कतारी जेलमा रहदै आएका छन् । राईको अरुले नै हत्या गरे पनि घाईते साथीलाई बचाउन अनेक प्रयास गर्दा अन्तिममा राउत कागतालीमा परेर अभियुक्त बने ।

राउतलाई दोषी सावित गर्दै कतारी न्यायालयले राउतलाई मृत्युदण्डसम्मको घोषणा गर्नु सक्ने सम्भावना थियो । तर, हत्या हुने र आरोपी दुबै नेपाली भएकोले आम माफी समेत हुनसक्ने अदालतले बताएको थियो ।

यसका लागि नेपालमा स्थानीय समाजसेवी लगायतको साथ सहयोगमा राई परिवारलाई सम्झाई बुझाई वास्तविकता समेत बताएपछि २० लाख रुपैयाँसम्म आर्थिक सहयोग राई परिवारलाई दिने सर्तमा सुवास राउतलाई आममाफी दिने गरी सहमति गरिएको छ।।

राउतको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको तथा उनका दुई छोराछोरी समेत श्रीमती कुमारी राउतले घर निर्माणको ज्यामी काम गरेर पालिरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई आर्थिक सहयोगको अपिल गरिएको थियो ।

  यसै क्रममा सहयोग स्वरुप 2022 साल March 12 तारिकका दिन सुरुङ्गा जेसिज  वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्याैपाने को सभापतित्व,   संघीय सामसद माननीय हिराकुमार थापा ज्युको प्रमुख आतिथ्य तथा क.न.पा. ४ का वडा अध्यक्ष गोविन्द पौडेल ज्युको अतिथ्यतमा सप्पन्न भएको उक्त कार्यक्रमा सुरुङ्गा जेसिज द्वारा सहयोग स्वरुप नगद रु २५,५०० परिवारलाई हस्तान्तरण गरिएको थियो । यश कार्यक्रमको संयोजक भने सुरुङ्गा जेसिज  वर्ष २०२२ का उपाध्यक्ष जेसि भिम राजवंशी रहनुभएको थियोे ।



















JCI News Archive