दिगो विकासका लक्ष्य भन्ने नेपाल जेसीजको थिम अन्तर्गत एकीकृत नमूना बस्तीका महिलालाई सिप सिकाएर स्वरोजगार बनाउने उद्धेश्यले वीरता लेडी जेसीजले एकीकृत नमूना बस्तीमा बसोबास गर्ने २० जना महिलाहरुलाई अर्गानिक धुप बाती बनाउने
दुई दिने तालिम प्रदान गरेको र सोही तालिमबाट अर्गानिक धुप बाती बनाउन सिकेपछि उनीहरुलाई अर्गानिक धुप बाती बनाउन कच्चा पदार्थ प्रदान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न खोज्नु खुशीको कुरा भएकाले आफूहरुले उनीहरुलाई व्यवसायिक बनाउन अर्गानिक धुप बाती बनाउन कच्चा पदार्थ प्रदान गरिएको अध्यक्ष चिमरियाले बताइन् ।
वीरता लेडी जेसीजले प्रदान गरेको तालिमबाट सिकेको सीपलाई सही सदुपयोग गरेर एकीकृत नमूना बस्तीका महिलाले उदाहरणीय कार्य गरेको वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले जानकारी दिइन्।