JCI BIRATA LADY'S "OFFICER OF THE MONTH" AWARD

2022-03-31

राउतलाई अफिसर अफ द मन्थ फेबु्अरीको अवार्ड

वीरता लेडी जेसीजले अफिसर अफ द मन्थ फेबु्अरीको अवार्ड वीरता लेडी जेसीजकी सहसचिव अर्चना खड्का राउतलाई प्रदान गरेको छ ।

फेबु्अरी महिनामा उत्कृष्ट कार्य गरेको भन्दै वीरता लेडी जेसीजकी सहसचिव अर्चना खड्का राउतलाई अफिसर अफ द मन्थ फेबु्रअरीको अवार्ड प्रदान गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।


वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षतामा भएको तेश्रो बोर्ड वैठकमा सहसचिव अर्चना खड्का राउतलाई अफिसर अफ द मन्थ फेबु्अरी घोषणा गरी अध्यक्ष चिमरियाले उक्त अवार्ड प्रदान गरेकी थिइन् ।

यस अघि कानूनी सल्लाहकार हिमा मिश्र पौड्याललाई जनवरी महिनाको अफिसर अफ द मन्थ जनवरीको अवार्ड प्रदान गरिएको थियो ।


बोर्डका पदाधिकारी तथा सदस्यहरुको महिनाभरीको सक्रियता र रचनात्मक कार्यशैलीको मूल्याङ्कन गरी वीरता लेडी जेसीजले हरेक महिना बोर्डका पदाधिकारी तथा सदस्य मध्ये एक जना उत्कृष्ट घोषणा गरेर अफिसर अफ द मन्थ अवार्ड वितरण गरिने अध्यक्ष चिमरियाले बताइन् ।

 कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

JCI News Archive