कमलनगरको जेसीज रेडियो कार्यक्रम जेसीज यात्राको प्रसारण शुभारम्भ गरिएको छ ।

2022-04-03

रेडियो कार्यक्रम जेसीज यात्राको प्रसारण शुभारम्भ गरिएको छ । एफएम प्लस ८९.१ मेगाहर्ज गौरादहको साक्षत्कार कक्षमा सनिबार साँझ एका कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजीव प्रसाइले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कमल नगर जेसीज बर्ष २०२२ का अध्यक्ष एवं संचारकार्मी नारायण बस्नेतले संचालनगर्ने कार्यक्रम अन्तर्वार्ता मुलक हुने छ । कार्यक्रममा नेतृत्व एवं ब्याक्तित्व बिकासमा जेसीजले पुर्याएको योगदानका साथै देशभरी रहेका जेसीज हरुको सामाजिक यात्राको विषय समेटिने कार्यक्रमका प्रस्तोता नारायण बस्नेतले जानकारी गराउनु भयो।

रेडियो कार्यक्रम शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजीव प्रसाईं, कमल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं कमल नगर जीसीजका पुर्व अध्यक्ष केदार कट्वाल, गौरादह जेसीज बर्ष २०२१ का अध्यक्ष एकराज घिमिरे, शिक्षक विजय कुमार अधिकारी लगायतले शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रमा कमलनगर तथा गौरादह जेसीजका पदाधिकारीहरु , समाजसेवी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

हरेक हप्ताको शनिबार साँझ ७:०० देखि ७:३० एफएम प्लस ८९.१ मेगाहर्ज बाट प्रसारण हुने कार्यक्रम अनलाइनमा  www.fmplusnepal.com, नेपाली पात्रो एप्लिकेसनका साथै सामाजिक संजालमा फेसबुक पेज fm plus 89.1 mhz Gauradaha jhapa बाट पनि सुन्न सकिन्छ ।

  

ReplyForward

JCI News Archive