लेखनाथ जेसीजको २४ औँ वार्षिक उत्सवकोे अवसरमा २०७८ फाल्गुण ५ गते बिहिबारका दिन आफ्नो स्थायी सचिवालयको सभाहलमा २४ औ वार्षिक उत्सव कार्यक्र सम्पन्न गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा बिकास समितिका सभापति माननीय सांसद दिपक कोइराला ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रममा केक काटेर वार्षिक उत्सव कार्यक्रम मनाईएको थियो ।लेखनाथ जेसीजका अध्यक्ष जेसी सुजन न्यौपाने ज्यूको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष श्री बावुराम जमरकट्टेल, मात्रृशाखा पोखरा जेसीजका अध्यक्ष जेसी मिनराज खड्का र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्री बाबुराम गिरी ज्यूहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि, गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा बिकास समितिका सभापति माननीय सांसद दिपक कोइराला ज्यूले लेखनाथ जेसीजलाई सधै सहयोग गरेको र आगामी दिन पनि गर्ने कुरा गदै प्रमुख अतिथिको मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संयोजक जेसी प्रवलमणी भण्डारीले स्वागत मन्तव्य, कोषाध्यक्ष जेसी प्रकाश राईभाटले जेसीज आस्थापाठ गर्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव जेसी कृष्ण तिवारीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष जेसी नबराज पौडेल ज्यूले राख्नुभएको थियो ।