दोस्रो शुक्रवारसरीय प्रवचनमाला कार्यक्रम ।

2022-04-06

युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमतामा अभिवृद्धि गराउने उद्देश्यले लेखनाथ जेसीजद्धारा आफ्ना सदस्यहरुको वाककला परिस्कृत गराउने ध्येय स्वरुप दोस्रो शुक्रवारसरिय प्रवचनमाला कार्यक्रम २०७८ फाल्गुण ०२ गते शुक्रवारका दिन सम्पन्न गरिएको छ । नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्षज्यु प्रकरण “Act for Impact” भन्ने प्रकरणमा आयोजना गरिएको दोस्रो शुक्रवारसरिय प्रवचनमाला कार्यक्रममा लेखनाथ जेसीजका ५ जना सदस्यहरुले ले सहभागि जनाउनुभएको थियो ।लेखनाथ जेसीजका अध्यक्ष जेसी सुजन न्यौपानेको अध्यक्षतामा भएको शुक्रवारसरीय कार्यक्रमको प्रमुख निर्णायकमा पूर्व अध्यक्ष सुरेन्द्र राज अधिकारी र निर्णायकमा पूर्ब अध्यक्ष जेसी सन्दिप ढुना रहनुभएको थियो भने कार्यक्रम सञ्चालन शुक्रवारसरीय कार्यक्रम संयोजक जेसी महेश वाग्लेले संचालन गर्नुभएको थियो ।

JCI News Archive