Business Promotion Programme

2022-04-18

बुधबारे जेसिज द्वारा ब्यपार प्रबर्द्धन कार्यक्रम    ब्यक्तिको ब्यवसाय प्रबर्द्धनको कार्यक्रम अन्तर्गत बुधबारे जेसीजले एक कार्यक्रम गरि संस्थाका कोषाध्यक्ष बिनोद रिजालको व्यवसाय सैलुन उद्घाटन गरेको छ।
आधुनिक प्रबिधि सम्पन्न, पुरुष र महिला दुबैले कपाल काट्न र श्रेङ्गार गर्न मिल्ने किङ्स एन्ड क्विन युनिसेक्स सैलुन एन्ड एकाडेमीको उद्घाटन भएको हो। सोही अवसरमा हास्य कलाकार विल्सन बिक्रम राई ूतोक्मे बुढाुले पनि सैलुनको कैँची संचालकलाई हस्तान्तरण गरेका छन्।
बुधबारे जेसिज बर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको संयोजक उपाध्यक्ष बिष्णु लामिछानेले गरेका थिए।
उद्धोग वाणिज्य संघ बुधबारेका अध्यक्ष चन्द्र उप्रेतीको प्रमुख आतिथ्यता एवम् महिला चेम्बर अफ कमर्स बुद्धशान्तिकी अध्यक्ष देवकुमारी शेर्मा बिशष्ट अतिथिको रुपमा उपस्थिति रहेको थियो। उप्रेती र शेर्माले संयुक्त रुपमा रिबन काटेर सैलुनको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले बुद्धशान्ति क्षेत्रमा नयाँ तरिकाबाट सैलुनको शुरूवात भएको भन्दै सफलताको शुभकामना दिएका थिए। बिशिष्ट अतिथि शेर्माले स्थानीय क्षेत्रको प्रबर्द्धनमा बुधवारे जेसिजले खेलेको भुमिका अमुल्य रहेको भन्दै प्रशंसा गरेकी थिइन्।
कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष नन्दु याफु राई, सैलुन संचालक बिनोद रिजालले मँन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति बर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईले बुधबारे जेसिजले युवाहरुको क्षमता बिकास र ब्यवसाय प्रबर्द्धनका क्षेत्रमा संधै सहयोग गर्ने बताए।
कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव अर्जुन ढकालले गरेका थिए।

JCI News Archive