बुधबारे जेसीजले आइतबार एक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०७९ को क्यालेण्डर विमोचन तथा शुभकामना आदन प्रदानका साथै दोस्रो बोर्ड बैठक समपन्न गरेको छ ।
बुद्धशान्ति ३ स्थित चखेवा होटलमा बुधबारे जेसीजका सदस्य जेसी अनिल घिमिरेको संयोजकत्व तथा बुधबारे जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी मुकेश भट्टराईको अध्यक्षतामा गरिएको क्यालेण्डर विमोचन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेल, जेसी रमेश बराल, जेसी हेमन्त बराल, जेसी नन्दकुमार याफु राई, मानार्थ सदस्य जेसी दिपेन सिटौला, निवर्तमान अध्यक्ष जेसी अनिल वाग्ले लगायत अन्य जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।
बुधबारे जेसीज वर्ष २०२२ का महासचिव जेसी अर्जुन ढकालले संचालन गरेको कार्यक्रममा बुधबारे जेसीजका उपाध्यक्ष जेसी राज पौडेलले जेसीज आस्था वाचन गरेका थिए । त्यस्तै कार्यक्रममा अध्यक्ष जेसी मुकेश भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पादै नव वर्ष २०७९ सालको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित भएका सम्पूर्ण पूर्व अध्यक्षहरुले शुभकामना मन्तव्य राखेको कार्यक्रमबाट बुधबारे जेसीजलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको बुधबारे जेसीजका कार्यकारीणी उपाध्यक्ष रुद्र निरौलाले जानकारी दिएका छन् ।