कमलनगर जेसिजको सहकार्य झापाको कमल गाउँपालिकामा रेस्क्यु क्रिएसन प्रा.लि. काठमाडौँको आयोजना, कमल सांस्कृतिक मञ्चको संयोजन, तोपगाछी धरमपुर मैत्री समाज र तोपगाछी धरमपुर बचत तथा ऋण सहकारी संस्था लि.को सपोर्ट र आदिम नेसनल कलेजको साझेदारी कमल डान्स च्याम्पियन २०७९ कार्यक्रम आज शनिबार कमलको क्याम्पामा सम्पन्न भएको छ ।

2022-04-25

कार्यक्रममा जम्मा ११ ओटा प्रतियोगी नृत्य समूहहरूले नृत्यहरू प्रस्तुत गरेका थिए ।उक्त कमल डान्स च्याम्पियन २०७९ को उपाधी कमला मदनआश्रित स्मृति मा.वि. कमल-२, क्याम्पाले हासिल गरेको छ । साथै प्रथम पुरस्कार स्वरुप नगद रु. ५०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यसै द्धितिय र तृतीय स्थान क्रमशः सहिद धर्मभक्त मा.वि. कमल-३, केरखा र मङ्गलमय मा.वि. कमलले हासिल गरेको छ । साथै द्धितिय र तृतीय पुरस्कार स्वरुप नगद क्रमशः रु. १५,००० र १०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।उक्त कार्यक्रममा कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापा मगरको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यको रुपमावरिष्ठ कलाकारहरू शिवहरि पौडेल (मुखमा हान्नु जस्तो), र किरण केसी (राता मकै), यस्तै विशिष्ट आतिथ्यका रुपमा सशस्त्र प्रहरी बल २१ नं. वाहिनीका जर्नेल श्री कृष्णप्रसाद भण्डारी, त्यसैगरी विशेष आतिथ्यका रुपमा चर्चित गायिका टिका प्रसाई, गायकहरु वीरेन्द्र श्रेष्ठ, सचिन राई, चलचित्र निर्माता/निर्देशक रिमेश अधिकारी, हास्य कलाकार सुलेमान शंकर (इकु) लगायत दर्जन बढी राष्ट्रिय कलाकारहरूको उपस्थिति रहेको थियो ।


JCI News Archive