बर्दघाट जेसीजद्वारा जनप्रतिनिधी बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

2022-05-26

बर्दघाट जेसीजले नवनिर्वाचीत जनप्रतिनीधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट नगरपालीका प्रमुख उपप्रमुख तथा वडा नं. ४ का वार्डअध्यक्ष लगायत जनप्रतीनिधीलाई सम्मान गरेको हो । जनताको तिव्र चाहना भएको र नगरपालीकाले सिमित आर्थिक अवस्थामा कार्यक्रम गर्नुपर्ने भएकाले बर्दघाट जेसीजको साथ र सहयोग भएमा आफ्नो कार्यकाल सफल हुने नगर प्रमुख शम्भुलाल श्रेष्ठको भनाई थियो ।
बर्दघाट जेसीजले समाजमा गरेका कार्यक्रमहरुबाट आफु प्रभावीत भएको र नगरको समग्र विकासका लागी हातेमालो गर्दै जानुपर्ने नगरउपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । बर्दघाट जेसीजले गरेको कार्यक्रम प्रती खुलेर प्रशंसा गर्दै बर्दघाट नगरपालीका भित्र रहेका सांस्कृतीक, भौगोलिक, सामाजीक सुन्दरतालाई प्रवर्दन गर्दै पर्यटकीय क्षेत्रका सम्भावनाको खोजी गर्न र युवाहरुको सोँचअनुसारको विकासमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
सक्रिय युवाहरुको साझा संगठन भएकाले हरेक दिन बर्दघाट नगरको विकासका निम्ती जेसीज युवाहरु साथ दिन तयार रहेको निवर्तमान अध्यक्ष जेसी गणेश न्योपानेले जनाउनुभयो । कुनै पनि कार्यक्रमको आयोजना गर्नुपुर्व उक्त कार्यक्रमले समाज र व्यक्तिगत जिवनमा कस्ता खालका सकारात्मक प्रभाव पार्न सक्छ भनेर विश्लेषण गर्ने संस्था भएकाले बर्दघाट जेसीज छोटो समयमा समाजमा युवाहरुमाझ पुगेको अध्यक्ष जेसी दिनेश न्यौपाने ले जानकारी दिदै नगरपालीकाको लागी आवश्यक युवाहरुको खाँचो परिपुर्ती गर्न बर्दघाट जेसीज सदैव लाग्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो ।
वर्ष २०२२ का बोर्ड मेम्बर हरुको उपस्थितीमा नगरप्रमुखको कार्यकक्षमै गरिएको कार्यक्रममा सम्मान पत्र वितरण गरीएको थियो भने कार्यक्रम सञ्चालन महासचिव गणेश पाण्डे सिसमले गर्नुभएको थियो ।

JCI News Archive