कनकाई ३ स्थित सुरुङ्गा बजारको चोकमा १५औं गणतन्त्र दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले दिप प्रज्वलन गरेको छ ।
सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको सुरुङगा जेसीजले आफ्ना पदाधिकारी तथा सदस्यहरु साथै अन्य विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा दिप प्रज्वलन कार्य सम्पन्न गरेको अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीले बताएकी छन् । सुरुङ्गास्थित एक्सल बैंक अगाडी सम्पन्न कार्यक्रम संस्थाकी अध्यक्ष उप्रेतीको सभापतित्वमा सम्पन्न भएको हो । महासचिव राजु पाठकले संचालन गरेको औपचारीक कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठ, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष शिवकुमार कडेल लगायले गणतन्त्रको महत्व र यसको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मुलुक संबैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दिनका रुपमा गणतन्त्र दिवसलाई लिनु पर्ने भन्दै जेसीज अध्यक्ष उप्रेतीले आजकै दिनबाट थप नयाँ कामको थालनी गर्नु पर्नेमा जोड दिएकी छन् । साथै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सहयोगी संस्थाहरु तथा सहयोगी मनहरु सवैलाई जेसीज अध्यक्ष उप्रेतीले हृदयदेखि नै धन्यवाद प्रकट गरेकी छन् ।