JCI BIRATA LADY'S OFFICER OF THE MONTH MARCH

2022-05-29

अफिसर अफ द मन्थ मार्चको अवार्ड चौधरीलाई

वीरता लेडी जेसीजले अफिसर अफ द मन्थ मार्चको अवार्ड वीरता लेडी जेसीजकी तालिम संयोजक श्रेयसी चौधरीलाई प्रदान गरेको छ ।


मार्च महिनामा उत्कृष्ट कार्य गरेको भन्दै वीरता लेडी जेसीजकी तालिम संयोजक चौधरीलाई अफिसर अफ द मन्थ मार्चको अवार्ड प्रदान गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षतामा भएको बोर्ड वैठकमा तालिम संयोजक चौधरीलाई अफिसर अफ द मन्थ मार्च घोषणा गरी अध्यक्ष चिमरियाले उक्त अवार्ड प्रदान गरेकी थिइन् ।


बोर्डका पदाधिकारी तथा सदस्यहरुको महिनाभरीको सक्रियता र रचनात्मक कार्यशैलीको मूल्याङ्कन गरी वीरता लेडी जेसीजले हरेक महिना बोर्डका पदाधिकारी तथा सदस्य मध्ये एक जना उत्कृष्ट घोषणा गरेर अफिसर अफ द मन्थ अवार्ड वितरण गरिने अध्यक्ष चिमरियाले बताइन् । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

JCI News Archive