JCI BIRATA LADY'S EDUCATIONAL MATERIAL DISTRIBUTION PROGRAM

2022-05-30

जन्मदिनमा शैक्षिक सामग्री वितरण


वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरिया, महासचिव युनिता दवाडी र कार्यकारीणी उपाध्यक्ष सुमित्रा वस्नेत भट्टराईले फरक तरीकाले जन्मदिन मनाएका छन् ।

वीरता लेडी जेसीजले जेसीज गाउँ घोषणा गरेको बिर्तामोड वडा नं. ७ मा रहेको एकीकृत नमूना बस्तीका कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर उनीहरुले जन्मदिन मनाएका हुन् ।
वीरता लेडी जेसीजको शुभ दिन, शुभ कार्य अन्तरगत जेसीज गाउँमा रहेका कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई स्कुल जाँदा बोक्ने झोला, कापीलगायतका सामग्री प्रदान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
जन्मोत्सवको नाममा फजुल खर्च नगरौं, सामाजिक सेवा गरौं भन्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले यस्तो कार्य गरिएको उनले बताइन् ।त्यस्तै जेसीज गाउँमा रहेका वालवालिकाहरुसंग सरसफार्इ , ब्यक्तिगत बिकासलगायतका विषयमा अन्तरक्रिया समेत गरिएको वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले जानकारी दिइन् ।

JCI News Archive