मातातीर्थ औंशीको अवसर पारेर वीरता लेडी जेसीजले सम्मान गरेपछि उनी खुशी भएकी हुन् ।
७१ वर्षिया चञ्चलिया रायालाई वीरता लेडी जेसीजका पदाधिकारीहरुले खादा ओडाएर लत्ताकपडा, फलफूल प्रदान गर्दा उनमा खुशीको सीमा नै थिएन ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा प्रदेश साँसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ७१ वर्षिया रायालाई सम्मान गरिएको थियो । सम्मानपछि रायाले वीरता लेडी जेसीजका पदाधिकारीहरुलाई संधै असल कर्ममा लाग्न आशीर्वाद दिएकी थिइन् ।
वीरता लेडी जेसीजकी कानूनी सल्लाहकार हिमा पौड्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।