JCI BIRATA LADY'S MACHINE HANDOVER PROGRAM

2022-05-30

सेनेटरी प्याड बनाउने मेसिन प्रदान बिर्तामोड ।

 वीरता लेडी जेसीजले बिर्तामोड –४ मा रहेको अपाङ्गता स्वाबलम्वन सँस्थालाई सेनेटरी प्याड बनाउने मेसिन प्रदान गरेको छ । 

वीरता लेडी जेसीजका पदाधिकारीहरुको शुभदिन शुभकार्य अन्तर्गत जन्मोत्सव तथा वैवाहिक वर्षगाठको अवसर पारेर यस्तो कार्य गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरीयाले बताइन् ।

 अपाङ्गता स्वाबलम्वन सँस्थामा रहेका फरक क्षमता भएका ब्यक्तिहरु आत्मनिर्भर बन्न सेनिटरी प्याड बनाउने तालिम लिइ सेनेटरी प्याड बनाउने मेसिनको अभावका कारण उक्त सीप खेर जाने अवस्थामा रहेको थाहा पाएर उनीहरुलाई सेनेटरी प्याड बनाउने मेसिन प्रदान गरेको उनले बताइन् ।

 वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरीयाको अध्यक्षता तथा डा. रुपक खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी कानूनी सल्लाहकार हिमा मिश्र पौड्यालले स्वागत गरेकी थिइन् । 

वीरता लेडी जेसीजकी उपाध्यक्ष पूजा काफ्ले खरेलले आस्था वाचन गरेको कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, निर्माण व्यवसायी ज्योती पौडेल लगायतले शुभकामना दिएका थिए । 

कार्यक्रममा अपाङ्गता स्वाबलम्वन सँस्थाका अध्यक्ष दिपक थापाले वीरता लेडी जेसीजका पदाधिकारीहरुले सेनेटरी प्याड बनाउने मेसिन प्रदान गरेर ठूलो गुन लगाएको बताए । 

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

JCI News Archive