JCI BIRATA LADY'S CANCER AWARENESS PROGRAM

2022-05-30

वीरता लेडी जेसीजद्वारा क्यान्सर सचेतना बिर्तामोड ।

 वीरता लेडी जेसीजको आयोजनामा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 विश्वमा भयाभह रुप लिइरहेको क्यान्सर रोग बारे सचेतना प्रदान गर्ने उद्धेश्यले बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा क्यान्सर सचेतना कार्यक्रम गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरीयाले बताइन् ।

 वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरीयाको अध्यक्षता तथा वीएण्डसी टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका चिफ मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवको प्रमुख आतिथ्य र वीएण्डसी टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका सि इओ डा. निराजन प्रसाईंको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी कोषाध्यक्ष संगीता गिरीले स्वागत गरेकी थिइन् ।

 वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा सदस्य स्मृति रिमालले आस्था वाचन र उपाध्यक्ष निशा शाक्यले जेसीआई मिसन भिजन वाचन गरेका थिए । 

 कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल , पूर्व अध्यक्ष उमा श्रेष्ठ, वीएण्डसी टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीलगायतले शुभकामना दिएका थिए ।

JCI News Archive