JCI BIRATA LADY'S CANCER SCREENING PROGRAM

2022-05-30

स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण । 

वीरता लेडी जेसीजले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण शुभारम्भ गरेको छ ।

 बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण शुभारम्भ गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरीयाले बताइन् ।

 वीरता लेडी जेसीजका पूर्व अध्यक्ष , मानार्थ सदस्य, आजिवन सदस्य, वोर्डका पदाधिकारी र सम्पूर्ण सदस्यहरु गरी करिव एक सय पचास जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण गराइने उनले बताइन् ।

 मंगलबारबाट शुरु भएको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण कार्यक्रम एक सातासम्म सञ्चालन गरिने वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले जानकारी दिइन् ।

JCI News Archive