JCI BIRATA LADY'S FREE HEALTH CAMP

2022-05-30

वीरता लेडी जेसीजद्वारा निःशुल्क स्वास्थ्य शिविर

वीरता लेडी जेसीजले झापाको बुधबारेमा बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोग तथा बुधबारे सिटी हस्पिटलको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।


वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा बुद्धशान्ति वडा नं.३ का निवर्तमान वडाध्यक्ष कमल उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष सुमित्रा वस्नेत भट्टराईले आस्था वाचन र तालिम संयोजक श्रेयसी चौधरीले जेसीआई मिसनभिजन वाचन गरेका थिए । 

बुधबारे सिटी हस्पिटलका सञ्चालक चन्द्र कोइरालाले स्वागत गरेको कार्यक्रममा बीएण्डसी टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलका मार्केटिङ हेड विपिन गिरीले औचित्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा निःशुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण, जेनेरल फिजिसियन,स्त्री रोग , वाल रोग, नाक,कान, घाँटी रोग, हाडजोर्नी तथा नसा रोग, मुटु रोग, छाला तथा यौन रोगका विशेषज्ञ डाक्टरहरुले दुई सय ५० जना विरामीको परिक्षण गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरेको बुधबारे सिटी हस्पिटलका सञ्चालक निमा तामाङले जानकारी दिए ।


बुधवारे जेसीजका निवर्तमान अध्यक्ष तथा वुद्धशान्ती –१ का नवनिर्वाचित वडाध्यक्ष अनिल वाग्लेले शुभकामना दिएको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।


JCI News Archive