वीरता लेडी जेसीज वर्ष २०२१को मानार्थ सदस्यसमेत रहेर झापा जिल्लाकै पहिलो महिला नगर प्रमुख भएर संस्थाको गरिमा वढाएको भन्दै नगरप्रमुख प्रसाईलाई सम्मान गरीएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा राष्ट्रियसभाका सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाकी कानुनी सल्लाहकार हिमा मिश्र पौड्यालले गरेकी थिइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल , प्रमुख अतिथि वस्नेतलगायतले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले आफुले पाएको जिम्मेवारी महत्वपुर्ण ढंगले निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्दै वीरता लेडी जेसीजले सम्मान गरेर सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा लाग्न हौषला प्रदान गरेको बताइन् ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले उपप्रमुखमा रहँदा विवाद रहितढंगले कार्यकाल सम्पन्न गरेकी नवनिर्वाचत नगरप्रमुख प्रसाईलाई नगर प्रमुखकोरुपमा पाउनु नगरको गौरवको कुरा भएको भन्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
सोही कार्यक्रममा वीरता लेडी जेसीजको संस्थापक सदस्य कल्पना भण्डारी,दमयन्ता दाहाल र आजिवन सदस्य शिला ढकाललाई पनि सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष मदनगोपाल सुव्वा, नारी सञ्चार गृहझापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल,वीरता जेसीजका अध्यक्ष प्रविण खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।
वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वास्तिका आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा विमला भट्टराईले आस्थावाचन र कार्यकारीणी उपाध्यक्ष झुमा भट्टराईले जेसीआई मिसन भिजन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।