पालुङ जेसीज द्वारा थाहा नगरपालीका२०७९ नव निर्वाचित जनप्रतिनिधि ज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम

2022-06-04

कार्यक्रम :- नव निर्वाचित जनप्रतिनिधि बधाई तथा शुभकामना कार्यक्रम
मिती :- २०७९-०२-२१,शनिबार
स्थान :- पालुङ जेसीज शभा हल, जेसीज मार्ग
समय:-११बजे
मिति २०७९-२-२१गते शनिवार तदानुसार ४ जुन २०२२का दिन पालुङ जेसीजद्वारा आयाेजित २०७९ बैशाख ३०गते सम्पन्न स्थानीय निर्वाचनबाट थाहा नगरपालिका का नव निर्वाचित जन प्रतिनिधिज्यूहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएकाे छ।
    उक्त कार्यक्रममा पालुङ जेसीज बर्ष २०२२ का शाखा अध्यक्ष जेसी जयराम खत्रीज्यूकाे सभाध्यक्षतामा तथा पालुङ जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी सञ्जय गाेपालीज्यूको कार्यक्रम संयाेजकत्वमा सम्पन्न यस कार्यक्रममा पालुङ जेसीज वर्ष २०२२ का महासचिब जेसी निरज रायमाझीज्युले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी सुविन्द्रमान प्रधानज्युले स्वागत मन्तव्य, उपाध्यक्ष जेसी सन्देश गोपालीज्युले जेसीज अास्थापाठ वाचन गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष जेसी नवराज लामाज्यूले कार्यक्रम माथि प्रकाश पार्दै बर्ष २०१० का शाखा अध्यक्ष जेसी सुरेन्द्रमान प्रधानज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो। यस कार्यक्रममा थाहा नगरपालिकाका प्रथम नगर प्रमुख लबशेर बिष्टज्यू तथा उप-प्रमुख साथै पालुङ जेसीज वर्ष २००३का शाखा अध्यक्ष जेसी खड्ग बहादुर गाेपालीज्यू बाट आ-आफ्नाे मन्तव्य राखिनुका साथै अाफ्नाे कार्यकाल कुशलतापूर्वक सु-सम्पन्न गर्नुभएकोमा उहाँहरुको कार्यको उच्च सम्मान तथा कदर गर्दै पालुङ जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष जेसी जयराज खत्रीज्युबाट कदर पत्र द्वारा सम्मान गरिएकाे थियाे। उक्त कार्यक्रममा २०७९ बैशाख ३०काे स्थानीय तहको निर्वाचनबाट निर्वाचित थाहा नगरपालीकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती बिष्णु बहादुर बिष्ट 'अादर्श' ज्यू र पालुङ जेसीज वर्ष २००८ का शाखा अध्यक्ष एबम् उप-प्रमुख भरत गाेपालीज्यू लगायत वडा नम्बर १देखि १२ सम्मका सम्पूर्ण वडा अध्यक्षज्यूहरूलाई शुभकामना पत्रद्वारा स्वागत तथा सम्मान गरियाे।
    कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षज्यूहरू जेसी मनाेज रायमाझी(अध्यक्ष २०२०),जेसी विजयश्याम अमात्य (अध्यक्ष -२०१८),जेसी शिव कुमार खत्री(अध्यक्ष २०१६),जेसी प्रदिप प्रधान (अध्यक्ष -२०१४) जेसी अाेमकर बिष्ट (अध्यक्ष -बर्ष २०११), जेसी सुरेन्द्रमान प्रधान (अध्यक्ष -२०१०), जेसी राम प्रसाद ढकाल(अध्यक्ष २००६),जेसी सानाेभाई कार्की(अध्यक्ष -२००५) तथा बर्ष २०२२का बाेर्डका सम्पूर्ण जेसीज ज्यूहरूकाे उल्लेखेनीय उपस्थिति रहेको थियाे।

JCI News Archive