पालुङ जेसीज द्वारा विश्व वातावरण दिवसका दिन वृक्षाराेपण तथा जेसीज शभाहल वरिपरि सरसफाई गरि मनाईयाे ।

2022-06-04

कार्यक्रम :- विश्व वातावरण दिवस
    वृक्षाराेपण तथा जेसिजहल सरसफाइ
मिती :- २०७९-०२-२२,आईतवार
स्थान :- पालुङ जेसीज शभा हल, जेसीज मार्ग
समय:-८बजे
मिति २०७९-२-२२गते आईतबार तदानुसार ५ जुन २०२२का दिन विश्व वातावरण दिवसका अवसरमा पालुङ जेसीजकाे शभा हल वरिपरि सरसफाइ तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न गरियाे ।उक्त कार्यक्रम मा पालुङ जेसीज बर्ष २०२२ का निवर्तमान अध्यक्ष जेसी नवराज लामा ज्यूले कार्यक्रममा वृक्षाराेपण गर्नुभई उदघाट्न गर्नुका साथै धेरै मात्रमा बिरुवा राेप्नु भन्दा पनि थाेरै मात्रामा राेपी संरक्षण हुने र सरसफाईलाई पनि ध्यान दिने हाे भने वातावरण स्वच्छ हुने तथा आजकाे कार्यक्रम निकै सान्दर्भिक रहेकाे मन्तव्य राख्नु भयाे।
    उक्त कार्यक्रममा पालुङ जेसीज बर्ष २०२२ का शाखा अध्यक्ष जेसी जयराम खत्रीज्यूकाे सभाध्यक्षतामा तथा पालुङ जेसीज वर्ष २०२२ का वातावरण संयाेजक जेसी सिद्वार्थ के.सीज्यूको कार्यक्रम संयाेजकत्वमा सम्पन्न यस कार्यक्रममा पालुङ जेसीज वर्ष २०२२ का महासचिब जेसी निरज रायमाझीज्युले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी सुविन्द्रमान प्रधानज्युले स्वागत मन्तव्य, उपाध्यक्ष जेसी मानसिं दाेङ्ग ज्युले जेसीज अास्थापाठ वाचन गर्नुभएको थियो ।
    बर्ष २०२२का बाेर्डका पदाधिकारी ज्यूहरू ,संयाेजक ज्यहरूकाे उल्लेखेनीय उपस्थिति रहेको थियाे।


JCI News Archive