https://www.facebook.com/100005503932442/videos/1365948020545731/http:// जनकपुर जेसीज द्वारा जेसीज गाउँ मा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।
जनकपुर जेसिजको आयोजनामा धनुषाको सिनुरजोडामा नि:शुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ ।
जेसि दिपक गुप्ताको संयोजत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ४८५ जना ले नि:शुल्क स्वास्थ्य सेवा एवम परामर्श लिएका छन ।
जनकपुर जेसिज २०२२ का अध्यक्ष राज कुमार साह ( राजु साह) को अध्यक्षतामा सम्पन्न कार्यक्रम लक्ष्मिनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र ज्युको प्रमुख अतिथिको रुपमा रह्नु भएको थियो भने अतिथिहरुमा लक्ष्मिनिया गाउपालिका वडा न २ का वडाध्यक्ष लालजि साह, सिनुरजोडा बिलट साह मा बि का प्रधानाध्यापक शिब कुमार यादब को उपस्थिति रहेको थियो ।
जेसिज गाउ लक्ष्मिनिया गाउपालिकाको वडा न २ मा रहेको बिलट माबि मा आयोजना गरियेको शिबिरमा विभिन्न रोग हरुको बारेमा परामर्श दिइनुका साथै उपचार र औषधि बितरन गरियेको थियो ।
यस निशुलक स्वास्थ्य शिबिरमा जेनरल फिजिसियन डा. सन्दिप कुमार कर्न , हडि तथा नशा रोग बिसेसज्ञ डा. अमित रन्जन मिश्र, प्रशुति रोग बिसेसज्ञ डा. आर्या झा, शिशु रोग बिसेसज्ञ डा. अनिल कुमार साह र दन्त रोग विशेषज्ञ डा मिशा महासेठ ले परामर्श सहितको उपचार प्रदान गर्नु भएको थियो ।