Afforestation program organized by JCI Charali on the occasion of 'World Environment Day'

2022-06-05

विश्व वातावरण दिवसको अवसरमा चारआली जेसिजले वृक्षरोपण अभियान सुरु गरेको छ ।
चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नंं।१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए ।
सो अवसरमा मेचीनगर नगरपालिका वडा नंं।१३ चारआलीमा गमलामा विभिन्न प्रकारका बिरुवाहरु रोपेर अभियानको सुरुवात गरिएको चारआली जेसिजका महासचिव सुजुप सुवेदीले जानकारी दिए ।
उक्त वृक्षरोपण कार्यक्रममा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, जेसिजका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक नेत्रप्रसाद मिश्रले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा तालिम निर्देशक भूपेन्द्र प्याकुरेलले जेसिज आस्था वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन चारआली जेसिजका महासचिव सुजुप सुवेदीले गरेका थिए ।

JCI News Archive