वृछारोपण कार्यक्रम

2022-06-05

आज मिति २०७९/२/२२ गते आइतबारका दिन विश्व वातावरण दिवसको अवसर पारेर दाङ महिला जेसिजको आतिथ्यतामा शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, घोराही उपमहानगरपालिकाका बडा न १२का वडा अध्यक्ष दोर्ण बहकरी ज्युको प्रमुख आतिथ्यतामा एवं मा वी निघुवार बिद्यालय का व्यवस्थापन समितिका अध्यक्ष राज ब परियारको विशिष्ट आतिथ्यतामा ,मा वी हापुर निघुवारमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो। दाङ महिला जेसिजका उपाध्यक्ष जेसी मिना भण्डारी वलि ज्युको आस्था पाठ बाट शुरू भएको कार्यक्रममा सम्योजक लछ्मि घमालले स्वागत मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथी ज्युले विरुवामा जल सिचाई गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त कार्यक्रममा मातृशाखा त्रिभुवन नगर जेसिजका कार्यवाहक अध्यक्ष जेसी महेश गुप्ता ज्यु मा वी निघुवार हापुरका निमित्त प्रधानाध्यापक थानेश्वर अधिकारी ज्युले वातावरण संरक्षण गर्नमा हामी सबैको जिम्मेवारी भएको भन्दै आ आफ्नो भनाइ राख्नुभएको थियो। सम्योजक ज्युले विद्यालयका निमित्त प्रधानाध्यापक थानेश्वर अधिकारी, विशिष्ट अतिथि र प्रमुख अतिथी ज्युलाई मायाको चिनो प्रदान गर्नु भएको भने जनसम्पर्क अधिकारी जुन कुमारी बुढाले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियो। औपचारिक कार्यक्रम पश्चात वृक्षारोपण गरिएको थियो।

JCI News Archive