२०७५ चैत्र १५, चारआली
एसईईका छात्रा परीक्षार्थीहरुलाई लक्षित गरी चैत्र १५ गते चारआली जेसीजले निशुल्क
रुपमा सानीटरी प्याड हस्तान्तरण गरेको हो।
श्री शहीद दशरथ मा.बि परीक्षा केन्द्र, चारआलीका परीक्षार्थीहरु महिनाबारीको
समयमा परीक्षा दिन थप सहज बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो। चारआली
जेसीजका अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको सभापतित्व तथा बिद्यालयका प्रधानाध्यापक
तथा केन्द्राध्यक्ष रमेश सापकोटाको प्रमुख
आतिथ्यता रहेको कार्यक्रममा तालिम निर्देशक जेसी भोजराज पराजुलीले संचालन तथा उपाध्यक्ष
सुजुप सुवेदी ले जेसीज आश्था बाचन र स्वागत मन्तव्य राख्नुभएको थियो। निबर्तमान अध्यक्ष
जेसी रोहित दाहाल, अतिथि तथा नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सदस्य, शिक्षक डिल्लीराम
भण्डारीज्यू लगायत जेसीजका पदाधिकारीज्यू हरु सहित केन्द्रका निरीक्षक ज्यूहरु लगायत
को उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानअध्यापक तथा प्रमुख अतिथि रमेश सापकोटाले
जेसीजको कामको सरहाना व्यक्त गर्नु भएको थियो भने अतिथि तथा शिक्षक डिल्लीराम भण्डारीले
शुभकामना मन्तव्य राख्नुभएको थियो। परीक्षाको कारणले गर्दा संक्षीप्त रुपमा संचालन
गरिएको सो कार्यक्रम मा प्रधानाध्यापक ज्यू मार्फत बिद्यालयलाई ४०० प्रति सेनेटरी प्याड
हस्तान्तरण गरिएको थियो