दाङ महिला जेसीजको आयोजना तथा नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीको सहआयोजनामा घोराही उपमहानगरपालिका–१० नारायणपुरमा २०७९ जेठ २९ गते आइतवार लागूपदार्थ दुर्व्यसनीसम्वन्धी अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।
दाङ महिला जेसीजका अध्यक्ष जेसी शारदा घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष दीपक पाण्डेले आफ्ना सन्तानप्रति अभिभावक सचेत नहुँदासम्म जति प्रयास गरेपनि लागूपदार्थ दुर्व्यसनी रोक्न नसकिने भएकाले सबैभन्दा पहिले अभिभावकहरु सचेत हुनुपर्ने कुरा बताउनुभएको थियो। उक्त कार्यक्रममा नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीका अध्यक्ष श्री सुरेश भुसाल ज्यू , सिद्धरत्ननाथ नमूना माध्यमिक विद्यालय नारायणपुरका शिक्षक श्री हेमशंकर गौतम ज्यू, नारायणपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष/कावा अध्यक्ष श्री रेखा केसी ज्यू, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यू, पूर्व अध्यक्ष जेसी बिन्दु गिरी ज्यू, झारबैरा टोल पूर्व अध्यक्ष श्री यमानन्द जिसी ज्यू, सर्वेश्वरी टोल विकास कार्यवाहक अध्यक्ष श्री प्रतिज्ञा खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रशिक्षक नयाँ पाइला पुनःस्थापना केन्द्रका उपाध्यक्ष तथा मनोपरामर्शदाता श्री शैलेन्द्र शर्मा ज्यूले प्रशिक्षण दिनुभएको थियो ।
दाङ महिला जेसीजकी तालिम निर्देशक जेसी दिलु मल्लले आस्थापाठ गराएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी मिना भण्डारी वलीले स्वागत मन्तव्य व्यक्तगर्नुभएको थियो। कानुनी सल्लाहकार जेसी अनिता ढकालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नुभएको थियो । तालिममा वडा नं. १० का ५२ वटा टोलका १५० भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।