माडी जेसिजले जिल्ला कारागार भरतपुरलाई अग्नी नियन्त्रण यन्त्र

2022-06-17

माडी जेसिजले जिल्ला कारागार भरतपुरलाई अग्नी नियन्त्रण यन्त्र हस्तान्तरण गरेको छ । आज (शुक्रबार) जेसिजले भरतपुर १० स्थित जिल्ला कारागार शाखाका अधिकृत कमल प्रसाद आचार्यलाई २ वटा अग्नी नियन्त्रण यन्त हस्तान्तरण गरेको हो । नेपाल अग्नी नियन्त्रण व्यबसायी संघका सचिव एवम् कार्यक्रमका संयोजक कपिल अधिकारीले क्षमता भन्दा बढी कैदिहरु रहेको कारागार जस्तो संमेदनशिल ठाँउमा अग्नी नियन्त्रण यन्त्रको महशुस गरी उक्त सामाग्री हस्तान्तरण गरिएको बताए । उनले अकस्मात आगो लागेको समयमा यन्त्रको कसरी प्रयोग गर्ने भन्ने बारे पनि जानाकारी गराएका थिए ।
माडी जेसिजका अध्यक्ष एवम् कार्यक्रमका सभापती शोभाखर अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष प्रमेश्वर खनाल, बिशिस्ष्ट अतीथी जिल्ला कारागार शाखा प्रमुख कमल प्र आचार्य , अतिथि हरु सारा ग्लोबलका प्रबन्धक निर्देशक अमृत खरेल, हेल्प फर ह्यापिनेश संस्थाका अध्यक्ष नविन तिवारी लगाएतको उपस्थिती रहेको थियो ।

JCI News Archive