आज मिति २०७९/३/४ गते शनिबारका दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, घोराही उपमहानगरपालिकाका बडा न १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे ज्यूको प्रमुख आतिथ्यता एवं दाङ महिला जेसिजका सस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यूको विशिष्ट आतिथ्यतामा सप्ताह अन्तर्गतको पहिलो दिनको कार्यक्रम समुद्घाटन समारोह दाङ महिला जेसिजको सचिवालयमा सम्पन्न गरियो।
उपाध्यक्ष जेसी लछ्मि घमालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सदस्य जेसी भिमा डि सि ले जेसीजको आस्था पाठको अगुवाइ गर्नुभएको थियो भने सदस्य जेसी मेनका भण्डारीले जेसीआइ मिसन भिजन वाचन गर्नुभएको थियो। प्रमुख अतिथी ज्युले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो साथै जेसिज का सस्थापक अध्यक्ष हेनरी गिसन वियरको तस्विरमा पुष्प गुच्छा राख्नुभएको थियो। उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले बिगत लामो समय देखि दाङ महिला जेसिजले महिलाहरुको नेतृत्व र छमता विकाससँगै सामाजिक सेवाको छेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा अधिकारकर्मी सुस्मा गिरि,सिसा नेपालका अध्यक्ष साजिदा सिद्दिकी, घोराही चेम्बरका अध्यक्ष दुर्लभ के सी , दाङ चेम्बरका अध्यक्ष बलदेव योगी, घोराही वडा नं १३ का वडा सदस्य रामकली घर्ती मगर, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषद्का अध्यक्ष दिपक शर्मा समिर , सिस्नोपानी नेपाल का सम्योजक डा लोकराज पराजुली, पुर्व अध्यक्ष जेसी विना बि सि , तुल्सीपुर नगर जेसिजका शाखा अध्यक्ष जेसि केसवराज के सी,लमहि जेसिजका अध्यक्ष जेसि सुन्दर केसी सुजन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। उपाध्यक्ष जेसी मिना भण्डारी वलिले धन्यवाद मन्तव्य दिनुभएको कार्यक्रममा ५० जनाको उपस्थिति रहेकोमा महासचिव जेसी नारायणी भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो