आज मिति २०७९/३/५ गते आइतबारका दिन शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी ज्युको प्रमुख आतिथ्यता , नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष वसुन्धरा गौतम ज्युको विशिष्ट आतिथ्यतामा, नारी सिप समाज दाङका अध्यक्ष विष्णु थापा प्रमुख प्रशिक्षक रहि सप्ताह अन्तर्गत दोस्रो दिन १ दिने 'सरफ बनाउने तालिम' दाङ महिला जेसिजको सचिवालयमा सम्पन्न गरियो। कार्यक्रम सम्योजक जेसि रोजिना गिरि ज्युको स्वागत मन्तव्य रहेको कार्यक्रममा आस्था पाठ एन जि ओ आइ न जी ओ सम्योजक जेसि निमा सुनारले गर्नुभएको थियो भने प्रमुख अतिथी ज्युले पानसमा दीप प्रज्वलन गरी साथै जेसिआइका सस्थापक हेनरि गिसन वियरको तस्विरमा पुष्प गुच्छा राखि कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रमका मुल सम्योजक जेसि वसन्ती सुवेदीले साप्ताहिक कार्यक्रमको बारेमा जानकारी गराउँनु भएको थियो।
कार्यक्रममा मातृशाखाका अध्यक्ष जेसि विवेक आचार्य, नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने, दाङ महिला जेसिजका पुर्व अध्यक्ष जेसी माया पोख्रेल, सस्थापक अध्यक्ष जेसी निर्मला गौतम लगायतले महिला हरुलाई आत्मनिर्भर हुन आवश्यक भएको भन्दै दाङ महिला जेसिजले सप्ताह अन्तर्गतको कार्यक्रममा सिप मुलक कार्यक्रम राखेकोमा प्रशम्सा गर्दै आ आफ्नो भनाइ राख्नुभएको थियो। कार्यक्रम सम्योजक जेसि रोजिना गिरि ज्युले प्रमुख प्रशिक्षक, विशिष्ट अतिथि र प्रमुख अतिथी ज्युलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा उपाध्यक्ष जेसी लछ्मि घमालले धन्यवाद मन्तव्य दिनुभएको थियो भने ४० जनाको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियो।