धुलावारी जेसीजद्धारा उत्कृष्ट शिक्षासेवी सम्मान मोहन खड्कालाई प्रदान

2022-06-20

धुलावारी जेसीजले मुरारी झलका पोखरेल अक्षयकोषबाट धुलावारी माविका पूर्व प्रधानाध्यापक मोहनकुमार खड्कालाई उत्कृष्ट शिक्षा सेवी पुरस्कार प्रदान गरेको छ । धुलावारीमा आयोजित एक समारोहकाबिच शाखाका पूर्व अध्यक्ष केशवप्रसाद पोखरेलले आफ्ना बुबा आमाको नाममा स्थापना गरेको उक्त पुरस्कारको राशी १५ हजार र सम्मान पत्र रहेको थियो । बालसुबोधिनी माविका संस्थापक प्रधानाध्यापक समेत रहनु भएका खड्का मेचीनगर ११ निवासी हुनुहुन्छ । लामो समय शिक्षा क्षेत्रमा योगदान गर्नु भएको थियो ।


यसैगरी, संस्थाले दर्जन बढी व्यक्तिहरुलाई विभिन्न अक्षयकोषबाट सम्मान गरेको छ । संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट युवा सम्मान सचिन न्यौपानेलाई सम्मान गरेको छ । पर्यटन तथा धार्मिक क्षेत्रको प्रचारप्रासरका लागि देशका विभिन्न क्षेत्रमा पुगेर गरेको योगदानको कदर गर्दै न्यौपानेलाई स्वः लोकनाथ भण्डारी स्मृति अक्षयकोषबाट प्रदान गरिने उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको हो । धुलावारी जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर लिलाप्रसाद भण्डारीले आफ्ना पिताको नाममा स्थापना गर्नु भएको उक्त पुरस्कारको राशी ११ हजार र सम्मान पत्रद्धारा सम्मान गरिएको हो । यस अघि यो पुरस्कार ज्ञानेन्द्र निरौला, संगिता थापा र सचिन्द्र धिमाललाई प्रदान गरिएको थियो ।

स्वः दाताराम शर्मा स्मृति पुरस्कारबाट धुलावारी माविका अर्चन रिजाललाई उत्कृष्ट विज्ञान विद्यार्थी सम्मान गरिएको थियो । शाखाका पूर्व अध्यक्ष सुभाष रिजालले आफना् बढिबाको नाममा स्थापना गर्नु भएको पुरस्कारको राशी नगद ११ हजार र सम्मान पत्र रहेको छ । अक्षयकोषबाट उत्कृष्ट विद्यार्थी सम्मानद्धारा धुलावारी माविकी सुलोचना खड्कालाई उत्कृष्ट व्यवस्थापन विद्यार्थी सम्मान प्रदान गरिएको छ । यो पुरस्कारको राशी नगद ५ हजार र सम्मान पत्र रहेको थियो ।

स्वः पशुपति खनाल स्मृति अक्षयकोषबाट धुलावारी माविका डोनिल राई, धुलावारी माविकी विनिता तामाङ, शिशु साक्षर आधारभूतका इर्फान मोहम्मद, र शिशु साक्षर आधारभूतकी नाजिया खातुनलाई जेहेन्दार विद्यार्थी, सम्मान प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष सागर खनाल र पूर्व अध्यक्ष नारायण खनालले सयुक्त रुपमा आफ्ना बुबाको नाममा स्थापना गर्नु भएको पुरस्कारको राशी जनही नगद ५ हजार ५ सय र सम्मान पत्र रहेको थियो । स्वः हरिशचन्द्र प्रसाई छात्रावृत्तिबाट अरनिको माविका विजय तामाङ र जनता माविकी मान्यता दाहाललाई प्रदान गरिएको थियो । यो पुरस्कारको राशी जनही ५ हजार र सम्मान पत्र रहेको छ ।


यसैगरी, सोही समारोहमा बैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनबाट मेचीनगर १० का वडा अध्यक्षमा निर्वाचित हुने शाखाका पूर्व अध्यक्ष नारायण खनाल, शाखाका सदस्य सोमनाथ ओझा र सदस्य श्याम सिवाकोटीलाई सम्मान गरिएको थियो । ओझा मेचीनगर १० र सिवाकोटी मेचीनगर ११ बाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
यसैगरी नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो ।


यसैगरी संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गर्दै आएको विभिन्न अवार्ड समेत प्रदान गरेको थियो । पूर्व अध्यक्ष पन्नालाल जैनले स्थापना गर्नु भएको रावत अवार्ड शाखाका सदस्य कैलाश प्रसाई, पूर्व अध्यक्ष दिनेश शाक्यले स्थापना गर्नु भएको निशान्त अवार्ड सदस्य कबिर खड्का, संस्थापक अध्यक्ष हरिशकुमार श्रेष्ठले स्थापना गर्नु भएको वीर अवार्ड सहसचिव विनोद थापालाई प्रदान गरिएको थियो । उनीहरुलाई २०२१ मा गरेको कार्यको मुल्याङ्नको आधारमा सम्मान गरिएको हो । २०२१ मा खड्का कोषाध्यक्ष र थापा उपाध्यक्ष थिए ।
संस्थाका २०२२ का अध्यक्ष रबिन्द्र पाठक (रबिन) को सभापतित्व तथा नेपाल जेसीजका राष्टिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, निरुपित उपाध्यक्ष कुमारसिंह साँवा, संघ संस्थाको तर्फबाट मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषी तिम्सिना, संस्थापक मध्येबाट धुलावारी जेसीजका संस्थापक महासचिव छविलाल खतिवडाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम संयोजक निश्चल पौडेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव योगेश राजवंशीले गर्नु भएको थियो ।



JCI News Archive