आज मिति २०७९/३/९ गते बिहीबारका दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक झविन्द्र परियार ज्युको प्रमुख आतिथ्यतामा सप्ताह अन्तर्गत छैठौं दिन 'स्लो स्कुटी रेस' कार्यक्रम घोराही १५ स्थित भरतपुर खेल मैदानमा सम्पन्न गरियो। उपाध्यक्ष जेसी लछ्मि घमालले आस्था पाठ गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सम्योजक जेसि मेनका भण्डारीले दिनुभएको थियो भने कार्यक्रमको मुल सम्योजक जेसि वसन्ती सुवेदीले साप्ताहिक कार्यक्रमको बारेमा जानकारी गराउँनु भएको थियो। प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी निरीक्षक परियारले सडक अनुशासन र सवारी साधन सञ्चालन गर्दा अपनाउनुपर्ने धैर्यता जस्ता आधारभूत ग्यान सिकाउन यस प्रकारका कार्यक्रमले भुमिका खेल्ने बताउनुभयो।
स्लो स्कुटी रेसमा दाङ महिला जेसिजका शाखा सम्पादक जेसी अर्चना शर्मा first, कानुनी सल्लाहकार जेसि अनिता ढकाल second र नारायणपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रेखा के सि third स्थान हासिल गर्नुभएको थियो। विभिन्न स्थान हासिल गर्नेहरुलाइ प्रमुख अतिथी ज्युले प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो।रेसमा १५ जनाले भाग लिनुभएको थियो। ३२ जनाको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष जेसी लछ्मि घमालले धन्यवाद मन्तव्य दिनुभएको थियो भने सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नु भएको थियो।