असार ५ (19 june 2022);
बाह्रदशी जेसीजले साइवर क्राइम विरुद्धको सचेतना कार्यक्रम बाह्रदशी गा.पा वडा नं २ मा अवस्थित श्री पशुपति प्राविधिक माध्यमिक विद्यालयमा गर्यो । विद्यालयका प्र. अ थिर कुमार दाहाल ज्यू को प्रमुख आथित्य रहेको कार्यक्रम का संयोजक युवा तथा वातावरण संयोजक जेसी आश्विन देउजा हुनुहुन्थ्यो । जेसीज आस्था वाचन उपाध्यक्ष जेसी नवराज दाहाल ले गर्नुभएको कार्यक्रमलाई स्वागत उपाध्यक्ष जेसी तिर्थ राज कोइराला ले गर्नुभयो ।
चिफ ट्रेनर इन्स्पेक्टर कैलाशकुमार अधिकारी ले विद्यार्थीहरुलाइ साईवर क्राइम सम्बन्धि सहजिकरण गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षकहरु, लगाएत जेसीज सदस्यहरुको उपस्थिति थियो । उक्त कार्यक्रम का संचालक वर्ष २०२२ का महासचिव जेसी टंक बहादुर कार्कीले गर्नुभयो । कार्यक्रम लाई समापन अध्यक्ष जेसी पुष्पलाल धमला ले गर्नुभयो ॥