म्याग्दी जेसीज र रघुगंगा गाउँपालिका म्याग्दीको सहकार्यमा लागु औषध दुरुपयोग तथा ओसार पसार अन्तर्राष्ट्रिय दिवसको अवसरमा रघुगंगा गाउँपालिकामा रहेको रघुगंगा मा.वि.मा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका झन्डै ६० जना विद्यार्थी, युवा क्लव, आमा समूह, शिक्षक, जनप्रतिनिधिको सहभागीता रहेको थियो । म्याग्दी जेसीजका शाखा अध्यक्ष जेसी सन्दिप खत्री र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तिलक भारतीले कार्यक्रममा प्रशिक्षण व्यक्त गर्नु भएको थियो ।