लम्कि जेसिज लम्कि कैलालीको आयोजनामा १ दिने शेयर बजार सम्बन्धि तालिम सम्पन् भएकोछ । लम्कि जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि नेत्रप्रसाद जैशीको अध्यक्ष्यतामा भएको तालिममा ४५ जनाको सहभागिता रहेको थियो ।
तालिममा लम्कि जेसिजका पूर्व अध्यक्ष तथा किसान बहुउदेश्यिय सहकारी संस्थाका महा प्रबन्धक डम्बर बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो । तालिमलाई शुभाष चन्द्र भटराई र अर्थ सरोकारका सुरज प्याकुरेल सहजिकरण गर्नुभएको थियो ।