असार१३, बाह्रदशी जेसीज! झापाको बिर्तामोड नगरपालिका २ निवासी सविता उप्रेतीलाई बाह्रदशी जेसीजले आर्थिक सहयोग गरेको छ । उप्रतीको मृगौलामा समस्या देखिएपछि उपचार भइरहेको र उपचार गराउन समेत खर्च अभाव भएसंगै बाह्रदशी जेसीजले आर्थिक सहयोग गरेको बताइएको छ ,बाह्रदशी जेसीजका अध्यक्ष पुष्पलाल धमलाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा जेसीजका महासचिव टंक कार्की र कार्यकारिणी उपाध्यक्ष लक्ष्मी प्रसाद उप्रेती लगायतले स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
परिवारका चार जनालाई नै मृगौलामा समस्या देखिएपछि उपचारमा समस्या भएको थाहा पाएसंगै बाह्रदशी जेसीजले ४५ हजार रुपैयाँ सहयोग गरेको कार्यकारिणी उपाध्यक्ष उप्रेतीले बताए ।
उप्रेतीका अनुसार सविताका वुवा नारद उप्रेतीको मृगौलामा समस्या देखिएर यस अघि नै निधन भएको हो । त्यस्तै सविता र उनकी दिदी तथा उनका दाजु हिमालको समेत मृगौलामा समस्या देखिएको बताइएको छ ।