बौद्धिक रुपमा फरक क्षमता भएका बालबालिकाहरूलाई सहयोग

2022-07-04

मिति २०७९/३/२० गते सोमबारका दिन दाङ महिला जेसिजको आयोजनामा शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि सि ज्युको प्रमुख आतिथ्यतामा एवं बालमन्दिर आधारभुत विद्यालय घोराही दाङ का प्रधानाध्यापक श्री विष्णु भण्डारी ज्युको विशिष्ट आतिथ्यतामा दाङ महिला जेसिजका सदस्य जेसी भिमा डि सि ज्युको जन्मदिनको अवसर पारेर बालमन्दिर आधारभुत विद्यालय घोराही दाङमा बौद्धिक रुपमा फरक क्षमता भएका बालबालिकाहरूलाई सहयोग कार्यक्रम सम्पन्न गरियो।
  दाङ महिला जेसिजका सदस्य जेसी विन्दु डाँगी ज्युको आस्था पाठ बाट शुरू भएको कार्यक्रममा सम्योजक जेसि भीमा डि सि ज्युले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा पुर्व अध्यक्ष जेसी डोमा पाण्डे, त्रिभुवननगर जेसिजका कार्यवाहक अध्यक्ष जेसी महेश गुप्ता लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रम सम्योजक जेसि भिमा डि सि ज्युले विद्यालयका १५ जना विद्यार्थी हरुलाई विद्यालय पोसाक,२५ जना विद्यार्थी हरुलाई कापि कलम र बिस्कुट सहयोग गर्नुभएको थियो।
जन्मदिनको दिनमा हुने अनावश्यक खर्च लाइ कटाएर सो सहयोग कार्यक्रम गरिएको हो।४५ जनाको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियो।

JCI News Archive