मिति २०७९/४/५ गते बिहीबारका दिन दाङ महिला जेसिजको आयोजनामा शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिका नवनिर्वाचित अध्यक्ष देवी बहादुर डि सी ज्युको प्रमुख आतिथ्यतामा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिका
पदाधिकारीहरुलाई स्वागत सम्मान कार्यक्रम दाङ महिला जेसिज सचिवालयमा सम्पन्न गरियो।
तालिम निर्देशक जेसी दिलु मल्ल ज्युले आस्था पाठको अगुवाइ गर्नुभएको थियो भने कानुनी सल्लाहकार जेसि अनिता ढकालले स्वागत मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
पुर्व अध्यक्ष जेसी डोमा पाण्डे ज्यूले सम्पूर्ण नव निर्वाचित पदाधिकारी ज्यु हरु लाई बधाई का साथै सफल कार्यकालको शुभकामना साथ आफ्नो मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथी ज्युले दाङ महिला जेसिजले गरेका कार्यहरु उत्कृष्ट भएको भन्दै सम्मानित भएकोमा आफुमा थप जिम्मेवारी थपिएको बताउनुभयो।
कार्यक्रममा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सम्पूर्ण पदाधिकारी ज्यु हरु लाई स्वागत सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नुभएको थियो।