बर्दघाट जेसीजको आयोजनामा निशुल्क जनरल हेल्थ चेकअप तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न

2022-07-25

बर्दघाट जेसीजको आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । बर्दघाट स्थित नर्मदेश्वर शिवालय मन्दिर परिसरमा शिविर सञ्चालन भएको हो 


शिविरमा जनरल हेल्थ चेकअप र दन्त परीक्षण गरिएको थियो । निशुल्क रुपमा जनरल हेल्थ चेकअप तर्फ संजीवनी हेल्थ होम प्रा. लि ले विषेशज्ञ सेवा, प्राविधिक सेवा संगै ल्याब सेवा उपलब्ध गराएको र दन्त परीक्षण तर्फ रुरु त्रिवेणी डेन्टल क्लिनिक ले प्राविधिक सेवा उपलब्ध गराएको कार्यक्रम संयोजक खगेन्द्र अर्यालले जानकारी गराउनु भयो ।


शिविरमा १ सय ४८ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा प्राबिधिक सेवा दिएको सञ्जिबनी हेल्थ होम र रूरू त्रिबेणी डेन्टल क्लिनिकले शिबिरमा स्वास्थ्य परिक्षण गराएका विरामीहरुका लागि २० प्रतिशत छुट र बर्दघाट जेसिजका सदस्यहरूलाइ बर्षभरीनै २० प्रतिशत छुटको व्यवस्था मिलाइएको बर्दघाट जेसिजका महासचिव सिसम पाण्डेले बताउनु भयो ।

श्रावण महिनाको दोस्रो सोमबार मन्दिरमा आउने भक्तजन संगै बर्दघाट क्षेत्रका स्थानीय हरुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बर्दघाट जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी दिनेश न्यौपानेले बताउनुभयो । 

JCI News Archive