६ साउन, कोहलपुर / कोहलपुर जेसिजद्वारा संचालित जेसिज सप्ताह कार्यक्रम अन्तर्गत तेस्रो दिन किशोरी आत्म रक्षा तालिम सम्पन्न भएको छ ।
किशोरीहरुको पछिल्लो समयमा बढ्दो असुरक्षालाई ध्यानमा राखी किशोरीले आफ्नो रक्षा आफै गर्न सकुन भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष जेसी इश्वर शर्माले जानकारी दिए ।
दिब्य बिधा सदन माबी कोहलपुरमा सम्पन्न किशोरी आत्म रक्षा तालिमामा बिद्यालयका कक्षा ८,९ र १० का छात्राहरु सहित कोहलपुर जेसिज तथा जुनियर जेसिजका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
किशोरी आत्म रक्षा तालिमको ६८ जना किशोरीहरुले लाभ लिएका छ्न । जेसिज वर्ष २०२२ का अध्यक्ष जेसी शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरे । किशोरी आत्म रक्षा तालिमको बिध्यालयाका प्राधानध्यापक नारायण पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको किशोरी आत्म रक्षा तालिम कार्यक्रमका कार्यक्रम संयोजक टिका कुमारी शाहीले जानकारी दिनुभयो ।