बर्दघाट जेसीजको आयोजनामा एक दिने भाषणकला तालिम सम्पन्न

2022-07-28

बर्दघाट जेसीज को आयोजनामा एक दिने भाषणकला तालिम बर्दघाटमा सम्पन्न सम्पन्न भएको छ ।

प्रशिक्षणमा नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले सहजिकरण गर्नुभएको थियो ।
तालिममा प्रभावकारी तरिकाले भाषण आरम्भ गर्ने ,भाषणमा शब्द र विम्वहरुको चयन गर्ने ,भाषणलाई प्रभावकारी बनाउन कस्ता तत्वहरुलाई समावेस गर्ने ,सभाध्यक्ष, प्रमुख अतिथि,निर्णायक,कार्यक्रम संयोजक लगायतको भूमिका अनुसारको भाषण गर्ने , दर्शक श्रोताहरुलाई आफुतिर आकर्षित गर्ने ,बोल्दा लाग्ने डर, आवाजमा आउने कम्पन लगायतको समस्या हटाउन हटाउने, भाषणको प्रभावकारी तयारी र प्रस्तुती गर्ने बिषयमा प्रशिक्षण दिईएको थियो ।
करिव ५५ सहभागी रहेको तालिममा बर्दघाट नगरपालिका भित्रका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक केदार चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरीमा जेसिजले छुट्टै छाप बनाएको र यस्ता किसिमको तालिमले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने साथै सहभागीहरुले तालिमाबाट लाभ लिनुपर्ने र बर्दघाट जेसीजले गर्दै आईरहेका कार्यहरु समाजमा प्रभाव पार्ने खालका भएका भन्दै युवाहरुको नेतृत्व र क्षमता विकासमा पनि अग्रणी भुमिका खेलेको बताउनुभयो । उहाँले बर्दघाट जेसीजसंग नगरपालिकाले जतिबेला पनि समन्वय गर्न तयार रहेको समेत बताउनु भयो ।

तालिममा सहभागीको तर्फबाट मन्तब्य राख्ने बक्ताहरुले भाषण कला सम्बन्धी बिषयमा तालिम आयोजना गरेकोमा बर्दघाट जेसिसलाई धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा बर्दघाट जेसिजको संस्थापक अध्यक्ष राजु न्यौपाने र निबर्तमा अध्यक्ष गणेश न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बर्दघाट जेसीजका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षता र महासचिव सिसम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

JCI News Archive